Wednesday, September 8, 2010

चोट देउ यो मुटुमा ठाउँ अझै बाँकी छ

चोट देउ यो मुटुमा ठाउँ अझै बाँकी छ
तिम्रै हातले लेखिएको नाऊ अझै बाँकी छ।

निस्फिक्री खेले हुन्छ खुशी छु म पराजएमै
तिम्म्रो पक्षको आखिरी एक दाउ अझै बाँकी छ

तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी घरी बल्झी रहने घाऊ अझै बाँकी छ

अप्सरा झै सिँगारिएर केको उत्सब मनायेउ हिजो
सप्त रंगी सिउदो भरि फाउ अझै बाँकी छ

जले सबै सपना हरु उराठ भयो जीन्दगी
अफ्सोच ई आँशुको तलाउ अझै बाँकी छ

कोमल मात्र हुन्नन् सबै !!

कोमल मात्र हुन्नन् सबै, रेट्ने पनि फूल हुन्छ

गल्ति गर्ने मानिसनै हो , त्यसैले त भूल हुन्छ ।

मख्ख पर्नुहुन्न सधैं मानिसको ताँती देख्दा
र्समर्थनको मात्र होइन विरोधको नि हूल हुन्छ

भर पर्नुहुन्न सारै विश्वास जस्को भएपनि
पारि तार्ने मात्र होइन डुबाउने नि पुल हुन्छ

शत्रु पनि पग्लिदिन्छ मिठो बचन बोलिदिँदा
मृदु मात्र हुन्नन् बोलि कहिले यही शूल हुन्छ

जून हर्ेर्दै रुन्छ मिलन फूल हेर्दै मख्ख दुनिया
रुनुसम्म रोयो होला अब हाँस्ने बुलबुल हुन्छ ।

किन सधै रक्शी लाई नचाहिदो भाउ दिने

किन सधै रक्शी लाई गजल मा ठाउँ दिने
किन सधै रक्शी लाई हिर्दय मा नाउ दिने

मान्छे हो आखिर मा गल्ति त भैहल्छा
किन सधै रक्शी लाई विश्वास को गाउ दिने

संसार को चक्र नै हो हार जीत त भैहल्छा
किन सधै रक्शी लाई मुटु को त्यो घाउ दिने

के छ खै नसा मा त्यो पिडा लाई लुकाउने
किन सधै रक्शी लाई नचाहिदो भाउ दिने

नयनभित्र लुकाउँ भने !!!

नयनभित्र लुकाउँ भने आँशु सित खस्ने हौकि

छातीभित्र सजाउँ भने कलेजीमा डस्ने हौकि

कहाँ राख्ने होला मैले आकाशको तारा टिपी
अंगालोमा झुन्ड्याउँदा पासो बनी कस्ने हौकि

देख्न थाले सपनामा सुन्दर महल आजभोलि
चाहनामा आगो लगाइ खरानी पो घस्ने हौकि

बबईको तटमा सानो घर्ज्म गर्न हिँड भन्थे
झुप्रो छोडी तिमी पनि महलतिर पस्ने हौकि

चट्टानबाट पानी रसाइ प्यास मेटाउने मेरो आशा
रोटी भोटी नपुर्यामा तिमी रुदै बस्ने हौकि

तिम्रैलागि बाँची रहन्छु !!!

तिम्रै लागि बाँची रहन्छु, बियोगले जले पनि ।

टुट्न दिने छैन यो ज्यान, आँशु पिई गले पनि ।।

पीरतिको बोट हुर्काउन, मलजल हाली गोडें मैले ।
ढल्न दिने छैन त्यसलाई, आँधीहुरी चले पनि ।।

नयाँ जिवन बनाउनलाई, संघर्ष गरि हिडेंको छु ।
तिमी छ्यौनी दुःख छैन, यो भाग्यले छले पनि ।।

संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
उठाई हाल्छौं कहि कतै, बेहोस भई ढले पनि ।।

एक पल्ट मनै खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
तिम्रै नाम लिई रहनेछु, चिता माथि बले पनि ।।


किस्मतले दिएकै हो !!!

किस्मतले दिएकै हो, साथ जीन्दगीलाई

लड्दा उठाउने थिए, हात जीन्दगीलाई

सफलताका अवसरहरू, चिन्न तिम्ले सकेनौं छौ
त्यसैले त चोट पायौ, घात जीन्दगीलाई

जतापनी प्रतिघात, तिरस्कार, गरेर तिम्ले
आफुले आफैलाई हानेऊ, लात जीन्दगीलाई

किन दिन्छेउ एकै छिनमा, उत्रिजाने जामहरू
देऊन बरु पिरतिको, मात जीन्दगीलाई

फूल्लाई चिन्न सकेनौं, अरु के नै हात लाग्छ
पाठउँदै छू बेरी बस्नु, पात जीन्दगीलाई

म मरेको दिन तिमी, हाँस्छौ कि रुन्छौ सानु ?

(गजल)
म मरेको दिन तिमी, हाँस्छौ कि रुन्छौ सानु ?
खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौ सानु ?

सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै ?
खस्न खोज्ने आँसुलाई, खसाल्छौ कि थुन्छौ सानु ?

सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र
देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ सानु ?

रुन्छन होला परिवारका, वियोगमा डाँको छोडि
गाह्रो होला हाँस्नलाई, कि पिरव्यथा फुन्छौ सानु ?

कुरा होलान गुन बैगुनका अनि मेरो बारे
चुन्न परे गुन र बैगुन, तिमी कुन चुन्छौ सानु ?

मर्ने जान्छन मरिकन बाँच्नेलाई दूख हुन्छ
मनको माया समाल्छौ कि अर्को घर बुन्छौ सानु ?

मैलो हुन्छ अरे मन मरेकालाई देखेपछि
के के गर्छौ शुद्ध हुन, कि जिउ धुन्छौ सानु ?

सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त
मान्छे पिच्छे फरक अर्ति कस्का कुरा सुन्छौ सानु ?

from bulbul...